राजनीति


महेश बस्नेतको दाबी: रामकुमारी झाँक्रीको समूहले आज एमालेमा फर्किएको घोषणा गर्दै छ

महेश बस्नेतको दाबी: रामकुमारी झाँक्रीको समूहले आज एमालेमा फर्किएको घोषणा गर्दै छ

रामकुमारी झाँक्री र किसान श्रेष्ठ


नेपालखबर
कात्तिक १९, २०८२ बुधबार ८:९, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एकीकृत समाजवादीसँग असन्तुष्ट रामकुमारी झाँक्रीको समूहले आज (बुधबार) एमालेमा फर्किएको घोषणा गर्ने दाबी गरेका छन्। 

उनका अनुसार झाँक्रीसहित किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत एकीकृत समाजवादीका १०० भन्दा बढी नेता-कार्यकर्ता एमालेमा फर्किने तयारीमा छन्।

बस्नेतको दाबी छ, ‘उनीहरूले बबरमहलस्थित होटल बसेरामा बुधबार बिहान १० बजे पत्रकार सम्मेलन गरेर औपचारिक घोषणा गर्ने तयारी गरेका छन्।’

प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधि एमालेमा फर्किँदा हुन सक्ने कानुनी जटिलता (दलफेर सम्बन्धी कानुन, पद गुम्ने सम्भावना) बारे कानुनी सल्लाह भइरहेको एमाले नेता बस्नेतले बताएका छन्। 

यसैबीच मंगलबार एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि भक्तपुरको गुन्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। 

मंगलबार केपी ओलीसँग भेटका क्रममा झलनाथ खनाल

बस्नेतले दुई नेताको भेट सकारात्मक रहेको जानकारी दिएका छन्। 

उनले भनेका छन्, ‘यसले पुराना एमाले नेताहरूबीचको सम्बन्ध सुधार भइरहेको संकेत दिन्छ।’

एकीकृत समाजवादी माओवादी केन्द्रसहित ९ कम्युनिस्ट घटकसँग एकतामा जाने भएपछि उनीहरू आफ्नो पुरानै पार्टी एमालेमा फर्किन लागेका हुन्। 

माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच आज पार्टी एकता घोषणा हुँदै छ। काठमाडौँको भृकुटीमण्डपमा उनीहरूले बुधबार दिउँसाे १ बजे एकता घोषणा सभा गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad