नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना जारी छ।
काठमाडौँको भृकुटीमण्डपमा जारी मतगणनामा यो खबर बनाउँदासम्म आधाभन्दा केही बढी मत गनिसकिएको छ।
एमालेको एघारौँ महाधिवेशनमा कुल २२६३ प्रतिनिधि रहेकामा २२२७ मत मात्र खसेको थियो। जसमध्ये अहिलेसम्म ११३९ मत गनिसकिएको हो।
अहिलेसम्मको मतपरिणामअनुसार १९ पदाधिकारीमध्ये ईश्वर पोखरेल पक्षबाट केवल २ जनाको सम्भावना देखिएको छ भने अरू सबैमा केपी शर्मा ओली समूहका उम्मेदवार अगाडि छन्।
ईश्वर टिमबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले मात्र जित्ने सम्भावना देखाएका हुन्। बाँकी १७ पदाधिकारीमा भने ओली समूहकै उम्मेदवा अग्रस्थानमा छन्।
हेर्नुहोस् अहिलेसम्मको मतपरिणाम:
अध्यक्ष
केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल : २९६
उपाध्यक्ष
अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्णराज विष्ट : ७१३
टकंप्रसाद कार्की : १८६
पर्शुराम मेघी गुरुङ : ३३४
पृथ्वीसुब्बा गुरुङ : ९००
भीमप्रसाद आचार्य : १४३
रघुजी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
बिन्दा पाण्डे : ४७४
विष्णुप्रसाद पौडेल : ८४६
महासचिव
शंकर पोखरेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे : ५२६
उपमहासचिव
आनन्दप्रसाद पोखरेल : ३३४
योगेश भट्टराई : ७०९
रघुवीर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णुप्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१
सचिव
अग्निप्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुलप्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्षोत्तम पौडेल : २३०
पेम्बा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यामलाल कँडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लालबाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मतकुमार कार्की : ६७२
Shares

प्रतिक्रिया