श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जेन–जी आन्दोलनबाट घाइते, सहिद परिवारका १ हजारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने तयारी भएको बताएका छन्।
गोरखापत्रसंस्थानले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग समझदारी गर्न लागिएको बताए।
उनका अनुसार सहिद परिवार र घाइतेलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाइनेछ र उनीहरूले सिकेको सीप र दक्षतालाई स्वदेशमै परिचालन गरिनेछ। त्यसका लागि प्रभावकारी कदम सरकारले चाल्ने उनले बताए।
श्रममन्त्री भण्डारीले भने, ‘ जेन–जी आन्दोलनबाट घाइते, सहिद परिवारका १ हजारलाई निशुल्कमा वैदेशिक रोजगारीमा पठाउन खोज्दैछौं। उनीहरूले सिकेको सिप र दक्षतालाई स्वदेशमै परिचालन गरिनेछ।’
भण्डारीले केही गर्न खोज्नेलाई मुलुकमा प्रताडित गराउन खोजिएको बताउँदै त्यस्तो गतिविधिहरू रोकिनुपर्ने समेत बताए।
Shares

प्रतिक्रिया