राजनीति


विमलेन्द्र निधिलाई कांग्रेस कार्यालय प्रवेशमा अवरोध, विशेष महाधिवेशन पक्षधरसँग धकेलाधकेल

विमलेन्द्र निधिलाई कांग्रेस कार्यालय प्रवेशमा अवरोध, विशेष महाधिवेशन पक्षधरसँग धकेलाधकेल

नेपालखबर
पुस २२, २०८२ मंगलबार १५:०, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच धकेलाधकेल भएको छ। 

पार्टी केन्द्रीय कार्यालय सोनपा घेराउका लागि पुगेका केही विशेष महाधिवेशन पक्षधरले नेता निधिलाई पार्टी कार्यालय प्रवेशमा अवरोध गरेका हुन्। त्यही क्रममा निधि र प्रदर्शनकारी कांग्रेस कार्यकर्ताबीच धकेलाधकेल भएको छ। 

निधिले अवरोध गर्नेहरूलाई ‘को हो त्यो मान्छे? को हो? कांग्रेसी होइन यो, कांग्रेसी होइन’ भनेपछि विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले  ‘तपाईं चैं हो?’ भन्दै प्रतिप्रश्न गरेको आवाज सुनिन्छ। 

अहिले कांग्रेस कार्यालयको गेटमा सुरक्षाकर्मी परिचालन गरिएका छन्। भित्र बैठक चल्दै गर्दा बाहिर रहेका नेतालाई प्रवेशमा रोक लगाइएको छ। आफ्नै पार्टी कार्यालयमा नेताहरू रोकिएपछि सानेपा परिसर केहीबेर नाराबाजी र तनाव भएको थियो। 

कांग्रेस कार्यालयभित्र पस्न नपाएका नेताहरूले यसलाई ‘नेतृत्वको अनुदारवादी र निरंकुश चरित्र’ भन्दै आलोचना गरेका छन्। उनीहरूले नेता निधिविरूद्ध नाराबाजी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad