नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारविरुद्ध निधि समर्थक कार्यकर्ताले जनकपुरमा विरोध प्रदर्शन गरेका छन्।
मंगलबार साँझ निधि समर्थक कार्यकर्ताले उनको गृह जिल्ला धनुषाको भानु चौकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध नाराबाजी गरेका हुन्।
त्यक्रममा उनीहरूले महामन्त्री थापाको पुत्लासमेत दहन गरेका थिए।
यस्तै, मंगलबार साँझ कोटेश्वरमा पनि निधि समर्थकले विरोध प्रदर्शन गरेका छन्।
पूर्व उपसभापति निधिमाथि मंगलबार पार्टी कार्यालय प्रवेश गर्ने क्रममा विशेष महाधिवेशन पक्षधर केही युवाले दुर्व्यवहार गरेका थिए।
निधिले कार्यसम्पादन समितिको बैठकका लागि पार्टी कार्यालय गइरहँदा आफूमाथि दुर्व्यवहार भएको बताएका छन्।
102
Shares

प्रतिक्रिया