राजनीति


संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले गरे विशेष महाधिवेशनको आह्वान

संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले गरे विशेष महाधिवेशनको आह्वान

नेपालखबर
पुस २३, २०८२ बुधबार १८:५६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन आह्वान गरेका छन्। 

महामन्त्रीद्वय थापा र शर्माले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पुस २७ र २८ गते काठमाडौँको भृकुटीभण्डमा विशेष महाधिवेशन आह्वान गरेका हुन्। महामन्त्रीद्वयले विशेष महाधिवेशनको नारा ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो’ भन्ने तय गरेका छन्।

पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी पार्टी कार्यालयमा दर्ता गराएकाले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन, जनभावना अनुरुपको नीति निर्माण गर्नका लागि विशेष निर्णय लिनु अपरिहार्य भएको उनीहरुको तर्क छ। 

बहुमत महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति आफूहरुको ऐक्यबद्धता रहेको भन्दै पुस २८ भित्र विशेष महाधिवेशन गर्नको लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिको तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार भएको महामन्त्रीहरुको जिकिर छ। 

पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनितिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको उनीहरुको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad