राजनीति


देउवाको गृह जिल्लाका विशेष महाधिवेशन पक्षधर चटाैत भन्छन्– फेसबुकमार्फत् तथानाम गाली पाइरहेछु

देउवाको गृह जिल्लाका विशेष महाधिवेशन पक्षधर चटाैत भन्छन्– फेसबुकमार्फत् तथानाम गाली पाइरहेछु

डडेल्धुराका महाधिवेशन प्रतिनिधि चटौत विशेष महाधिवेशनको तयारीको काम गरिरहेछन्।


नेपालखबर
पुस २५, २०८२ शुक्रबार २०:३७, काठमाडौँ

शेरबहादुर देउवाको बलियो राजनीतिक पकड रहेको डडेल्धुराबाट पनि विशेष महाधिवेशनको स्वर देखिएको छ। सभापतिको कार्यशैली र पार्टी विधानको प्रश्न उठाउँदै विशेष महाधिवेशनको वकालत गर्नेमध्येका एक हुन्– डडेल्धुराका महाधिवेशन प्रतिनिधि जनक चटौत। डडेल्धुराबाटै सभापतिको चाहनाविपरीत उभिनुको कारणबारे चटौतसँग गरिएको संक्षिप्त कुराकानी:

तपाईं डडेल्धुराको प्रतिनिधि सभापति देउवाको पक्षमा किन नजानु भएको हो?
विशेष महाधिवेशन भनेको सभापतिविरुद्धको कदम होइन। कुनै व्यक्ति वा पदविरुद्धको अभियान पनि होइन। हामी कांग्रेसकै विधि र विधानको पक्षमा उँभिएका मात्रै हौँ। म सभापति विरोधी होइन।

विशेष महाधिवेशनको पक्षमा उँभिदा सभापति पक्षका मान्छेले केही भन्नुभयो होला नि?
तिहारको बेलामा फोन गरेर मलाई उता नजाउ भनेर पटक-पटक भन्नुभएको थियो। म गइनँ।

डडेल्धुराका कति जना प्रतिनिधिमध्ये विशेष महाधिवेशनको पक्षमा हुनुहुन्छ होला?
अलि अगाडिसम्म हामी ६-७ जना थियौँ। अहिले तीन जना साथीहरु विशेष महाधिवेशन नचाहनेतर्फ जानुभयो। खुलेर काम गर्ने हामी ३ जना छौँ। बाहिर नखुले पनि अनौपचारिक रुपमा जिल्लाका केही नेताले समर्थन गर्नु भएको छ। 

सभापतिका सहयोगी नेता तथा समकक्षी साथीसँग तपाइँको भेटघाट, कुराकानी हुन्छ होला। उहाँहरु के भन्नुहुन्छ ?
धेरै त राम्रै कुरा गर्नुहुन्छ। फेसबुकमा चाहिँ तथानाम गाली पाइरहेछु। सभापतिको नाम जोडेर मुख छाड्ने, ज्यान मार्ने धम्की दिनेहरू पनि छन्।

त्यसरी गालीगलौज गर्ने को हुन त ?
फेक अकाउन्ट बनाएर पनि तथानाम गाली गर्ने, फोहोरी शब्द प्रयोग गर्ने र ज्यान मार्ने धम्की दिने काम भइरहेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad