राजनीति


दुई दिनभित्रमा १६५ क्षेत्रकै उम्मेदवार टुंगो लगाउँछौँ : विश्वप्रकाश शर्मा

दुई दिनभित्रमा १६५ क्षेत्रकै उम्मेदवार टुंगो लगाउँछौँ : विश्वप्रकाश शर्मा

नेपालखबर
माघ २, २०८२ शुक्रबार १६:१५, काठमाडौँ

गगन थापा नेतृत्वका नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले दुई दिनभित्रमा १६५ क्षेत्रकै उम्मेदवार टुंगो लगाउने बताएका छन्। शेरबहादुर देउवा पक्षसँग पार्टीको आधिकारिकता विवादबारे छलफल गर्न निर्वाचन आयोगमा पुगेका शर्माले यसका लागि गगन थापा नेतृत्वको टिमले काम गरिरहेको बताएका छन्। 

गगन थापाको अध्यक्षतामा बसेको बैठकले संसदीय बोर्ड गठन गरिसकेको र १६५ क्षेत्रमै अबको दुई दिनभित्रमा उम्मेदवारी टुंग्याउने गरी टिमले तयारी गरिरहेको शर्माको भनाई छ। घोषणा पत्र तयार गर्ने र परिचालन गर्ने टिमले पनि त्यही अनुसार तयारी गरिरहेको उनले बताए। 

निर्धारित समयमै निर्वाचन गराउन आफ्नो सम्पूर्ण रुपमा साथ रहने बताउँदै उपसभापति शर्माले कांग्रेसभित्रको विवादका कारण निर्वाचन तालिकामा असर पर्न नहुने पनि बताए। ‘निर्वाचन आयोगले यसलाई (पार्टीको आधिकारिकता विवाद) छिटो निरुपण गर्नुपर्छ। निर्णय भइसकेपछि राष्ट्रव्यापि रुपमा निर्वाचनको माहोल बनाउन हामी प्रतिबद्ध छौँ’, शर्माले भने। 

उनले बहुमत कांग्रेसका प्रतिनिधि आफूहरूसँगै रहेको पनि दोहो‍र्‍याए। ‘नेपाली कांग्रेसको तत्कालीन कार्यसमितिसँग केन्द्रीय समितिमा रहेको बहुमत जस्तै पार्टीको महाधिवेशन प्रतिनिधिहरूमा पनि बहुमत थियो होला कित भनेर कल्पनाको मात्रै एउटा साहित्यिक कुरा गर्ने हो भने विधिवत रुपमै विशेष महाधिवेशन बोलाउन उहाँहरू तयार हुनुहुन्थ्यो होला। नेपाली कांग्रेसको विधान अनुसार २०८२ मंसिर मसान्तसम्ममा सकिने थियो। बहुमत छैन भनिसकेपछि उहाँहरू नियमितमा पनि नजाने र विशेषमा पनि नजाने अवस्थामा पुग्नुभयो’, शर्माले आयोगमा भने। 

विशेष महाधिवेशनलाई विधिसम्वत सम्पन्न भएकाले आयोगले आधिकारिक यसैलाई मान्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad