राजनीति


हामीले भनेअनुसार उम्मेदवार छनोट हुने अवस्था अहिले देखिएन: गगन थापा

हामीले भनेअनुसार उम्मेदवार छनोट हुने अवस्था अहिले देखिएन: गगन थापा

नेपालखबर
माघ ५, २०८२ सोमबार ९:९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरुलाई पनि समेट्ने प्रयास भइरहेको जानकारी दिएका छन्। 

सोमबार सामाजिक सञ्जालमार्फत् उनले यसअघिका भन्दा भिन्न तरिकाले उम्मेदवार छनोट गर्नुपर्छ भन्नेमा आफूहरु रहेको बताएका छन्। 

‘उम्मेदवार अन्तिम चरणमा छान्ने, केन्द्रले छान्ने विगतदेखिको परिपाटी नै गलत थियो,’ थापाले भनेका छन्, ‘विधानअनुसार तलैबाट उम्मेदवार छानिनुपर्छ भनेर हामीले विधानमा प्रस्ताव पनि गरेका छौँ।’ 

तर यस्तो बेलामा पार्टीको जिम्मेवारीमा आइपुगेको कारण अहिले पुरानै विधानको आधारमा उम्मेदवार सिफारिस भएकाले समस्या भएको थापाको भनाई छ। 

‘म जिम्मेवारीमा आउनासाथ निर्वाचन आयोगमा धाउनुपर्ने अवस्था आयो। निर्वाचन आयोगको निर्णयपछि पनि चित्त नबुझेका साथीहरुले कानुनी परीक्षण खोजिरहनु भएको छ,’ उनले भनेका छन्, ‘कानुनी परीक्षण खोजिरहेका साथीहरुलाई पनि समेटेर लैजाऔँ भनेर हिजो साँझसम्म पनि प्रयास गरेको छु। अन्तिम अवस्थामा समयको एकदमै चाप छ। सकेसम्म मिलाउने प्रयास गरिरहेको छु।’

उनले पार्टीभित्र नयाँ पुरानोको सन्तुलन मिलाएर उम्मेदवार छनोट गरिने थापाले बताएका छन्। ‘सबै पार्टीका साथीहरुलाई न्यायको अनुभूति गराउने छु। तर, उम्मेदवार सिफरिसको सबै काम सकिएकाले हाम्रो हात बाँधिएका छन्,’ थापाले भनेका छन्। 

उनले पार्टीका सबै साथीहरुलाई एकतावद्ध बनाउने प्रयास पनि जारी रहेको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad