राष्ट्रिय सभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ।
राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव राखेका थिए। उनको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो।
बैठकमा मन्त्री सिन्हाले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताए।
यसैगरी बैठकले राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गरेको छ। नेपाली कांग्रेसबाट २०५४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका संयोकको यही माघ १९ गते ९० वर्षको उमेरमा निधन भएको थियो।
राष्ट्रिय सभाको अर्को बैठक यही माघ २८ गते दिउँसो सवा १ बजे बस्नेछ।
18
Shares

प्रतिक्रिया