राजनीति


अभिमुखीकरणमा सहभागी हुँदै रास्वपाका सांसद (तस्बिरहरू)

अभिमुखीकरणमा सहभागी हुँदै रास्वपाका सांसद (तस्बिरहरू)

सरोज शाही
चैत ३, २०८२ मंगलबार ११:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि आज (मंगलबार) देखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ।

ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रास्वपाबाट निर्वाचित सांसद्हरु पुग्ने क्रम सुरु भएको छ। 

रास्वपाबाट प्रत्यक्ष निर्वाचित १२५ र समानुपातिक ५७ जना गरी १ सय ८२ सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदैछन्।

नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्न, प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्न, पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता स्पष्ट पार्न तथा संसद्, सरकार र निर्वाचन क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्न सक्षम बनाउन प्रशिक्षण आयोजना गरिएको रास्वपाले जनाएको छ। 

यसका लागि रास्वपाले २ दिनको कार्यतालिका बनाएको छ। 

हेर्नुहोस् थप तस्बिर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad