राजनीति


कांग्रेसका नेता कार्यकर्तालाई एकतावद्ध हुन महामन्त्री पौडेलको अपिल

कांग्रेसका नेता कार्यकर्तालाई एकतावद्ध हुन महामन्त्री पौडेलको अपिल

नेपालखबर
चैत १७, २०८२ मंगलबार १०:०, काठमाडौँ

प्रतिकुलतामा एकजुट हुन नेता कार्यकर्तालाई महामन्त्री पौडेलको अपिल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले अहिलेको प्रतिकुलतामा छिनभिन्न भएर बिग्रन नहुने भन्दै एकतावद्ध हुन अपिल गरेका हुन्। 

‘देशका हरेक संकटमा नेपाली काङ्ग्रेससँगै रहेर एकजुट रहेको आएको छ,’ पौडेलले भनेका छन्, ‘एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको छ।’

अहिलेको प्रतिकुलतामा पनि छिन्नभिन्न भएर बिग्रनु नहुने भन्दै उनले पार्टी महामन्त्री मात्र नभै इमान्दार कार्यकर्ता भएर एकजुट हुन अपिल गरेको बताए।

‘अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’ उनले भने, ‘म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔँ।’

उनले एकतामा नै शक्ति रहने भन्दै एकताकै बलमा फेरि उज्यालो भविष्य प्राप्त हुने विश्वास व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad