पोर्चुगलका विदेशमन्त्रीले नेपालमा कुटनीतिक नियोग (दुतावास) खोल्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
पोर्चुगलका विदेशमन्त्री पाउलो रंगेलले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँगको टोलिफोन वार्तामा राजधानी काठमाडौँमा कुटनीतिक नियोग खोल्ने बताएका हुन्।
रंगेलले मन्त्री खनाललाई बधाइ दिँदै दुई देशका सम्बन्धको विषयमा चर्चा गरेका मन्त्री खनालको सचिवालयले जनाएको छ।
वार्तामा मन्त्री खनालले कूटनीतिक नियोग खोल्ने पोर्चुगल सरकारको निर्णय सकारात्मक भएको र यसले आगामी दिनमा नेपाल–पोर्चुगल सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
फोन वार्तामा मन्त्री खनालले पोर्चुगलमा कानुनी समस्यामा परेका नेपालीलाई मानवीयताका हिसाबले सहयोग गरिदिन पनि आग्रह गरेका छन्
समकक्षी रेगेल र खनालबीचको वार्तापछि पोर्चुगलको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘फोन वार्तामा, विदेशमन्त्री पाउलो रंगेलले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई हालै परराष्ट्रमन्त्रीको रूपमा नियुक्त भएकोमा बधाई दिनुभयो। यो काठमाण्डुमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापनाको घोषणा गर्ने अवसर पनि थियो। यो द्विपक्षीय सम्बन्धमा लगानी हो, जसमा पर्यटन, कृषि र प्रविधि जस्ता क्षेत्रहरू पनि समावेश छन्।’
पोर्चुगलमा ६० हजारभन्दा धेरै नेपाली छन्। नेपालले लामे समयदेखि पोर्चुगललाई नेपालमा दुतावास खोल्न आग्रह गर्दै आएको छ।
Shares

प्रतिक्रिया