राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहदरबार बदल्न सुरु गरिसकेको बताएका छन्।
प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सभापति लामिछानेले सिंहदरबार बदल्न जनताले मत दिएको उल्लेख गरे। ‘यो मत सिंहदरबार चलाउन मात्रै होइन, सिंदरबार बदल्न हो। बदल्न सुरु गरिसकेका छौँ,’ लामिछानेले भने।
सरकारलाई काम गर्न सय दिन नचाहिने उनको भनाइ थियो। ‘हामीलाई हनिमुन प्रियडरको समय चाहिँदैन। काम गर्न सुरु गरिसकेको छौँ,’ उनले भने।
165
Shares

प्रतिक्रिया