राजनीति


संसद् बैठकमा प्रधानमन्त्री बालेनदेखि रविसम्म (तस्बिरहरू)

संसद् बैठकमा प्रधानमन्त्री बालेनदेखि रविसम्म (तस्बिरहरू)

नेपालखबर
चैत २२, २०८२ आइतबार १४:४, काठमाडौँ

रास्वपाका सांसद डोलप्रसाद अर्याल सर्वसम्मत रूपमा प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन्। 

प्रतिनिधसभाको दसौँ सभामुखमा निर्वाचित अर्याल रास्वाका उपाध्यक्षसमेत हुन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरे।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), रास्वपाका सभापति रवि लामिछानेसहित सबैजसो मन्त्री  सांसद उपस्थित थिए। 

बैठक सुरु हुनासाथ अध्यक्ष केसीले सभामुखमा अर्यालको एकमात्र उम्मेवारी परेको भन्दै प्रस्तावक रवि लामिछानेलाई बोल्न सयम दिएका थिए। 

त्यसपछि लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि केसीले अर्याल सर्वसम्मत रूपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्।  

हेर्नुहोस् आजकाे प्रतिनिधिसभा बैठकका थप तस्बिर

सबै तस्बिर प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad