राजनीति


दुई जिल्लाका सीडीओ हेरफेर, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पौडेल

दुई जिल्लाका सीडीओ हेरफेर, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पौडेल

नेपालखबर
चैत २२, २०८२ आइतबार २०:५१, काठमाडौँ

गृह मन्त्रालयले ५ जिल्ला र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक हेरफेर गरेको छ। गृहमन्त्री सुधन गुरुङले आइतबार एकसाथ सात जनाको सरुवा गरेका हुन्। 

सरुवा हुनेमा ४ सहसचिव र ३ जना उपसचिव छन्। कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकमा प्रकाश पौडेललाई जिम्मेवारी दिइएको छ। पौडेल यसअघि गृह मन्त्रालयमा कार्यरत थिए। बढुवासँगै उनलाई त्यहाँ पदस्थापन गरिएको हो। 

सहसचिव डा. डिजन भट्टराईलाई बैतडीको प्रमुख जिल्ला अधिकारी, खडानन्द अधिकारीलाई जाजरकोट खटाइएको छ। उनीहरु दुई जनाको पनि बढुवापछि पदस्थापन भएको हो। 

ईलाम, पर्सा र संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्।

जाजारकोटका प्रजिअ राजुप्रसाद पौडेललाई इलाम, बैतडीका कृष्ण थापालाई पर्सा र पर्साका सहायक प्रजिअ सुमनकुमार कार्कीलाई संखुवासभाको सहायक प्रजिअका रुपमा सरुवा गरिएको छ। कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुमन घिमिरेलाई गृह मन्त्रालय सरुवा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad