प्रतिनिधि सभाका दुई वटा संयुक्त समिति गठन भएका छन्। शुक्रबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संयुक्त समिति गठन भएको जानकारी दिएका हुन्।
बैठकमा सभामुख अर्यालले सदस्यको नाम पनि प्रस्तुत गरेका छन्। संसद्मा दुुई वटा संयुक्त समिति रहने व्यवस्था छ।
संसदीय सुनुवाइ समितिमा अर्जुन नरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समीम मिकरानी, चन्दनकुमार सिंह, पद्माकुमारी अर्याल, बोधनारायण श्रेष्ठ, भीष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु न्यौपाने, राजीव खत्री, डा. ल्हारक्याल कार्की र वर्षमान पुन सदस्य छन्।
त्यस्तै, अर्को संयुक्त समितिमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति रहेको छ। यो समितिमा अंकिता ठाकुर, गणेश कार्की, गीता गुरुङ, जनकराज गिरी, नरेन्द्र चौधरी, पुष्पराज कँणेल, प्रकाशचन्द्र परियार, प्रमेशकुमार हमाल, रमेश प्रसाईं, डा. राम लामा, रिमा विश्वकर्मा र डा. सुशान्त वैद्य सदस्य छन्।
आजै संसद्का विषयगत समिति पनि गठन भएका थिए। सभामुखले १० वटा विषयगत समितिको नामावली संसद् बैठकमा प्रस्तु गरेका थिए।
Shares

प्रतिक्रिया