नेकपा एमालेका नेता गोकुल बास्कोटाले भारतमा पनि कम्युनिस्ट सत्ताच्युत भएकामा नेपालको समेत सन्दर्भ जोडेर टिप्पणी गरेका छन्।
हालै भएको विधानसभा चुनावमा कम्युनिस्ट दलको सत्ता रहेको अन्तिम राज्य केरलामा पनि गैरकम्युनिस्ट दलले सानदार विजय हासिल गरेका छन्। योसँगै भारतमा वामपन्थी दलहरूको प्रभाव शून्य बराबर भएको छ।
यसै सन्दर्भमा एमाले केन्द्रीय सदस्य बास्कोटाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्।
‘नेपाली कम्युनिस्ट आन्दोलनले लोकतन्त्र, परिवर्तन र देशभक्ति प्राप्तिको कठोर संघर्ष र निर्णायक नेतृत्व दिएका कारण अन्तर्राष्ट्रिय प्रतिकूलता सजिलै सामना गर्यो। तर राजकीय नेतृत्व गर्न जनताले भव्य साथ दिएका अवसर जोगाउन सकेन। किन? सब चुपचाप’, उनले लेखेका छन्, ‘नेपालपछि भारतमा पनि त्यै भएछ। धन्न! श्रीलंका छ।’
Shares

प्रतिक्रिया