राजनीति


यो नीति तथा कार्यक्रमले संविधानलाई चिन्दैन: परशुराम तामाङ

यो नीति तथा कार्यक्रमले संविधानलाई चिन्दैन: परशुराम तामाङ

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १३:५५, काठमाडौँ

सरकारले ल्याएको नीति तथा कार्यक्रम संविधानलाई नचिनेको सांसद परशुराम तामाङले टिप्पणी गरेका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले संविधानको भावनाअनुसार नीति तथा कार्यक्रम नआएको जिकिर गरेका हुन्। यो नीति तथा कार्यक्रम मध्यम वर्गलाई खुशी पार्ने गरी आएको उनको भनाइ थियो।

गरिखाने र श्रमजिवी वर्गलाई नीति तथा कार्यक्रममा उपेक्षा गरिएको उनको भनाइ थियो।  ‘गरिबीको रेखामूनीको जनताको कुरा गर्दैन, श्रमजिवी यसको नजरमा पर्दैन,’ तामाङले भने। 

नीति तथा कार्यक्रममाथि आफूले राखेको संशोधन प्रस्तावबारे बोल्दै सांसद तामाङले तीनखम्बे अर्थनीतिबाट सहकारीलाई अलग गरिएकोमा असन्तुष्टि पोखे। ‘यो नीति तथा कार्यक्रमले सीमाहिन अर्थतन्त्रलाई आर्थिक रणनीतिका रुपमा अंगिकार गरेको छ,’ उनले भने। 

संविधानको भावनाअनुसार, सबै क्षेत्र, वर्ग, समुदायलाई समेट्ने गरी नीति तथा कार्यक्रम नआएको उनको भनाइ थियो। ‘यो नीति तथा कार्यक्रमले झण्डै संविधान चिन्दैन,’ सांसद तामाङले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad