संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो।
प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि दफावार छलफल प्रारसम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसैगरी आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछन्।
त्यसैगरी प्रतिनिधिसभाको आजको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं.८१)’ पेस गर्नेछन्।
त्यसैगरी राष्ट्रियसभाको बैठक पनि अहिले बसिरहेको छ।

Shares

प्रतिक्रिया