राजनीति


कृषिमन्त्रीले मन्त्रिपरिषद् बैठकमै बाँडिन् डीडीसीका उत्पादन

कृषिमन्त्रीले मन्त्रिपरिषद् बैठकमै बाँडिन् डीडीसीका उत्पादन

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १६:४०, काठमाडौँ

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रिपरिषद् बैठकमा दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू वितरण गरेकी छन्।

मंगलबारको मन्त्रिपरिषद् बैठक चलिरहँदा उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूलाई डीडीसीका प्याकेजहरू वितरण गरेकी हुन्। 

बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डीडीसीका उत्पादनहरूको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताइन्।  

उनले डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबीच आपसी समन्वय आवश्यक रहेको उल्लेख गरेकी थिइन्। 

यसअघि प्रधानमन्त्री बालेनले पनि डीडीसीको चीजको प्रचार गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad