राजनीति


छैटौँ पटकमा पनि पूर्ण भएन मन्त्रिपरिषद्, यस्तो छ कार्यविभाजन

छैटौँ पटकमा पनि पूर्ण भएन मन्त्रिपरिषद्, यस्तो छ कार्यविभाजन

छैटौँ पटकमा नियुक्त भएका मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनलाई बधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर: सरोज शाही/नेपालखबर


नेपालखबर
जेठ २६, २०८३ मंगलबार १८:१०, काठमाडौँ

सरकार गठन भएको तीन महिनामा ६ पटक मन्त्रिपरिषद् पुर्नगठन र हेरफेर भए पनि पूर्ण पाउन सकेको छैन। मंगलबार छैटौँ पटकमा दुई मन्त्री थपिएका छन्। 

गत फागुन २१ गते भएको प्रतिनिधि निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुई तिहाई सिट जितेको थियो। त्यसपछि गत चैत १३ मा रास्वपा वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको थियो। 

त्यसयता ६ पटक सरकार पुनर्गठन र हेरफेर भएको छ। दोस्रो पटक गत चैत २४ मा, तेस्रो पटक गत चैत २७ मा, चौथो पटक गत वैशाख ९ र पाँचौँ पटक गत वैशाख ३१ मा मन्त्रिपरिषद् हेरफेर भएको थियो। आज छैटौँ पटक मन्त्री थपिएका हुन्। 

मंगलबार सुधन गुरुङ र महावीर पुन मन्त्री नियुक्त भएका छन्। गुरुङलाई गृह र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

तीन महिनामा ६ पटक हेरफेर हुँदा १८ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। अझै पनि रक्षामन्त्री नियुक्त हुन बाँकी छ। अहिले प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय आफूसँगै राखेका छन्। 

यसअघि २२ मन्त्रालय थिए। शाह नेतृत्वको सरकारले मन्त्रालयको संख्या घटाएर १८ मा झारेको हो। प्रधानमन्त्री शाहसहित अहिले १७ मन्त्री पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad