नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाशिमीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाई भेट गरेका छन्।
बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा शिष्टाचार भेटवार्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
कार्यकाल सकेर फर्कंदै गरेका राजदूत हाशिमीलाई राष्ट्रपति पौडेलले सफलतापूर्वक कार्यकाल सफल पारेकोमा बधाइ दिएका थिए।
साथै, आगामी दिनमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै सुमधुर हुने विश्वास राष्ट्रपति पौडेलले गरे।
33
Shares

प्रतिक्रिया