राजनीति


सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

नेपालखबर
असार १८, २०८३ बिहिबार १७:१, काठमाडौँ

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। 

सभाको बिहीबारको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ बहुमतले पारित गरिएको हो। यसअघि बैठकमा विधेयकमाथिका संशोधन प्रश्ताव प्रश्तुत हुनुका साथै दफावार छलफल भएको थियो।

छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि सहकारी ऐन, २०७४ लाई संशोधन गर्न लागिएको जानकारी दिइन्। उनले सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने चक्रीय कोषमा राज्यको कोषको पैसा नहालिएको जिकिर गरिन्।

उनले अघिल्लो सरकारले विनियोजन गरेको २५ करोड रुपैयाँबाट कोष सञ्चालन गरिएको बताइन्।

उनले सहकारी कचत रकम अपचलनमा संलग्न सञ्चालक र व्यवस्थापकको सम्पती जफत तथा ऋण असुलीमार्फत वचतकर्ताको रकम फिर्ता गरिने समेत स्पष्ट पारिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad