नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र डा. प्रकाशशरण महतबीच भेटवार्ता भएको छ।
शनिबार डा. कोइरालालाई भेट्न डा.महत विराटनगरस्थित कोइराला निवास पुगेका हुन्। दुवै नेताबीच कांग्रेसमा देखिएको आन्तरिक विवादका विषयमा छलफल भएको जनाइएको छ।
कांग्रेस संस्थापन इतर पक्षले काठमाडौँको चुनदेवीमा सम्पर्क कार्यालय खोलेर आफ्ना गतिविधि अगाडि बढाएको छ। उनीहरू छुट्टै पार्टी गठनको तयारीमा जुटेका छन्।
यस सन्दर्भमा डा. महतले डा. कोइरालालाई भेटेको जनाइएको छ। दुवै जनाबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ।
12
Shares

प्रतिक्रिया