राजनीति


मुलुकको अवस्था बीपी र गणेशमानको समयभन्दा सयौं गुणा खराब छ: शेखर कोइराला

मुलुकको अवस्था बीपी र गणेशमानको समयभन्दा सयौं गुणा खराब छ: शेखर कोइराला

नेपालखबर
साउन ६, २०८३ बुधबार १८:१३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस कमजोर हुँदा देशमा अराजकता बढ्ने भन्दै राष्ट्रिय मेलमिलापको शुरुवात कांग्रेसभित्रैबाट गर्नुपर्ने बताएका छन्।

बीपी कोइराला स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देश अत्यन्त कमजोर अवस्थाबाट गुज्रिरहेकोप्रति चिन्ता व्यक्त गरे। 

नेता कोइरालाले मुलुकको वर्तमान अवस्था बीपी कोइराला र गणेशमान सिंहको समयको भन्दा सयौँ गुणा खराब अवस्था गुज्रिरहेको टिप्पणी पनि गरे।

उनले राष्ट्रिय मेलमिलापको बहस अगाडि बढाउनुपर्ने आजको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि पार्टीभित्र सहमति, सहकार्य र एकता कायम गर्न जरुरी रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad