राजनीति


आर्थिक कूटनीतिमा सक्रिय हुन मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान

आर्थिक कूटनीतिमा सक्रिय हुन मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान

नेपालखबर
साउन ७, २०८३ बिहिबार २२:१, काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै जानुपर्ने बताएका छन्। 

मानार्थ वाणिज्यदूत कोर-नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानार्थ वाणिज्यदूतहरूलाई व्यापार, लगानी, पर्यटन तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा थप सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्न आह्वान गरेका हुन्।

उनले परराष्ट्र मन्त्रालय मानार्थ वाणिज्यदूतहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। ‘मन्त्रालयले मानार्थ वाणिज्यदूतसम्बन्धी विद्यमान नियम, सुविधा तथा कार्यप्रणालीको समयानुकूल समीक्षा गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र प्रचलनअनुरूप सुधार गर्ने पहल गर्नेछ,’ उनले भने।

वर्तमान सरकार सुशासन र समावेशी आर्थिक विकासप्रति प्रतिबद्ध रहेको जनाउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि कानुनी तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको बताए।

उनले हरेक मानार्थ महावाणिज्यदूतले आफ्नो जिम्मेवारीअन्तर्गतको मुलुकका लागि पर्यटन, प्रविधि हस्तान्तरण, प्रत्यक्ष वैदेशिक लगानी, नवीकरणीय ऊर्जा तथा व्यापार सहजीकरणलगायतका क्षेत्रमा केन्द्रित देश-विशिष्ट रणनीतिक कार्ययोजना तयार गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad