नेपालले नयाँ नक्सा अनुसार संविधानको अनुसूचिमा रहेको निशान छापलाई परिमार्जन गर्न शनिबार गरेको संविधान संशोधनलाई द्विपक्षीय समझदारी विपरीत भनेको छ।
उसले यसलाई नेपालले हासिल गर्न नसक्ने कदमको रुपमा व्याख्या गरेको छ।
‘नेपालले भारतीय भूमिसमेत समेटेर नेपालको नक्शा परिमार्जन गर्नका लागि प्रतिनिधि सभाबाट संविधान संशोधन गरेको कुरा हामीले जानकारीमा लिएका छौं। यस विषयमा हामीले आफ्नो पोजिसन (अडान) प्रष्ट पारिसकेका छौं,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिबारकाे मिडिया ब्रिफिङका क्रममा भनेका छन्।
विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले नेपालको ‘अप्राकृतिक विस्तारको दाबी’ ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नभएको हुँदा त्यो कुरा हासिल हुन नसक्ने दाबी गरे।
‘यो कुरा थाँती रहेको सीमा मुद्दाबारे वार्ता गर्ने हाम्रो अहिलेको समझदारीको पनि विरुद्धमा छ,’ उनले भनेका छन्।
भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपाली नक्सा सार्वजनिक गरेपछि सोहि अनुसार संविधानको अनुसूचिमा रहेको निशान छाप पनि परिमार्जन गर्न शनिबार संविधान संशोधन गरेपछि भारतको सो प्रतिक्रिया आएको हो।

प्रतिक्रिया