सरकारले भदौ महिनाभरी लामो दूरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नखोल्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।
आइतबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदाै १५ सम्म हवाई उडान र लामाे दूरीका सवारी साधन नखाेल्न सरकारलाई सिफारिस गरेकाे थियाे। तर काठमाडाैं उपत्यका लगायत देशैभरी काेराेना संक्रमण बढ्दै गएकाे भन्दै भदाै मसान्तसम्म नै नखाेल्ने निर्णय गरिएकाे एक मन्त्रीले जानकारी दिए।
सीसीएमसीले अन्तरजिल्ला सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।
यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भदाै १ देखि ती क्षेत्र सूचारु गर्ने निर्णय गरेकाे थियाे।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १ देखी अन्तर्राष्ट्रिय उडान सुरु गर्नेगरी मापदण्ड तयार पारेको थियाे।
याे पनि: पर्यटन मन्त्रालयले तयार गर्यो अन्तर्राष्ट्रिय उडानको मापदण्ड, कसले के पालना गर्ने?
पछिल्लो समय काठमाडौं उपत्यका, वीरगञ्ज, बिराटनगर लगायतका ठूला शहरमा कोरोना संक्रमण तीब्र बढिरहेकाे छ।

प्रतिक्रिया