राजनीति


नेपालको शासकीय प्रणालीमा प्रधानमन्त्री सर्वेसर्वा होइन, पार्टी मातहत हाे: प्रचण्ड

नेपालको शासकीय प्रणालीमा प्रधानमन्त्री सर्वेसर्वा होइन, पार्टी मातहत हाे: प्रचण्ड

नेपालखबर
भदौ २१, २०७७ आइतबार १६:३३,

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपालको शासकीय प्रणालीअनुसार प्रधानमन्त्री अल–इन–अल (सर्वेसर्वा) नभई पार्टी मातहत हुने बताएका छन्।

प्रचण्डले अहिले नेपालमा अवलम्बन गरिएको शासकीय स्वरुप बेलायतको जस्तो प्रधानमन्त्री सर्वेसर्वा हुने वेस्ट मिनिस्टेरियल प्रणाली जस्तो नभएको बताएका छन्।

‘एकथरिले नेपालको विशुद्ध प्रधानमन्त्रीय प्रणाली ठान्छन्, बेलायतकै फोटोकपी ठानेर प्रधानमन्त्रीलाई सबै अधिकार अल इन अल हुन्छ भन्छन् एकथरिले होइन सम्पूर्ण कुरा पार्टीले नियन्त्रित गर्ने हो भन्छन्, मेरो विचारमा यी दुवै सोच व्यवहारिक र वैज्ञानिक छैनन्,’ उनले भनेका छन्।

पूर्वप्रधानमन्त्री प्रचण्डले जनता टेलिभिजनलाई आइतबार दिएको अन्तरवार्तामा सो धारणा व्यक्त गरेका हुन्।

उनले नेपाल अहिले संसदीय व्यवस्थाबाट समाजवादतिर जाने संक्रमणमा रहेको हुँदा सोहि अनुसार अभ्यास गरिनुपर्ने बताए।

प्रचण्डले प्रधानमन्त्रीले गर्ने दैनिक कामबारे नियमितरुपमा पार्टीसँग परामर्श गर्न संभव नहुने तर प्रधानमन्त्री पनि पार्टीकै मातहत हुनेहुँदा पार्टीले गर्ने महत्वपूर्ण नीतिगत निर्णय र राजनीतिक नियुक्ति पार्टीकै नीतिअनुसार नै हुनुपर्ने बताए।

यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्राइम टिभीमा अन्तरवार्ता दिने क्रममा हामीकहाँ अवलम्बन गरेको शासनप्रणालीमा प्रधानमन्त्री कार्यकारी भएको हुँदा सोहिअनुसार काम गर्ने बताएका थिए।

उनले त्यसैकारण पार्टीमा दुई अध्यक्ष भएजस्तो सरकारमा दुई प्रधानमन्त्री हुन संभव नहुने बताएका थिए।

याे पनि: पार्टी अध्यक्ष दुई जना हुन्छ, प्रधानमन्त्री दुई जना हुँदैन : ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .