राजनीति


जासुसी गरेको आरोप लागेपछि चीनले ल्यायो ग्लोबल डेटा सेक्युरिटी योजना

जासुसी गरेको आरोप लागेपछि चीनले ल्यायो ग्लोबल डेटा सेक्युरिटी योजना

नेपालखबर
भदौ २३, २०७७ मंगलबार १२:३२,

विश्वभर प्रविधि कम्पनी तथा एप्सको पारदर्शीताको लागि चीनले ग्लोबल डेटा सेन्युरिटी योजना ल्याएको बताएको छ।

चिनियाँ प्रविधि कम्पनी तथा एप्सको माध्यमबाट चीनले अन्य देशको जासुसी गरेको आरोप लागेपछि चीनले यस योजना ल्याएको हो।

पछिल्लो समय अमेरिकाले चिनियाँ प्रविधि कम्पनी तथा एप्सहरुमा प्रतिबन्ध लगाएको छ। अमेरिकाले अन्य मूलुकलाई पनि चिनियाँ प्रविधि कम्पनी र एप्समा प्रतिबन्ध लगाउन भनेको छ।

अमेरिकी कार्य पूर्णतया गलत भएको चीनको ठहर छ। चिनियाँ विश्लेषकहरुले अमेरिकाले चीनसँग प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेको आरोप लगाएका छन्।

हालै मात्र अमेरिकाले यूएस क्लिन नेटवर्क प्रोग्राम ल्याएको थियो। यसमा एप्स, एप्स स्टोर, क्लाउड तथा केबल इन्फ्रास्ट्रक्चर समावेश छन्। अमेरिकाको यस कार्यक्रममा ३० भन्दा बढी देश तथा क्षेत्र समावेश छन्।

अमेरिकी योजना प्रविधिको क्षेत्रमा राम्रो योजना भएको बताइएको छ। यसमा कुनैपनि देशले कसैको डेटा चोरी गर्न नसक्ने बताइएको छ।

यसबीचमा चीनले पनि ग्लोबल डेटा सेक्युरिटी योजना ल्याएको हो। मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले एकपक्षीय अभ्यास गरेर प्रविधिको क्षेत्रमा बदमाशी गरेको आरोप लगाए।

अमेरिकाले सबै देशलाई आफ्नो कार्यक्रममार्फत चीनलाई प्रतिबन्ध लगाउन उक्साइरहेको छ।

चीनको ग्लोबल डेटा सेक्युरिटी योजनाले अमेरिकी बदमाशीविरुद्ध काम गर्ने बताइएको छ।

यस योजना अनुसार कुनैपनि देशले कसैको डेटा चोरी गर्न पाउनेछैन। यस संस्थाले बृहतरुपमा ह्याकिङ तथा अन्य प्राविधिक बदमाशीको निगरानी गर्ने बताइएको छ।

चीनका विदेशमन्त्री यीले भनेका छन्,‘मलाई आशा छ कि ग्लोबल डेटा सेक्युरिटीको पहलले डिजिटल सुरक्षामा अन्तर्राष्ट्रिय नियमहरुमा काम गर्न र नयाँ विश्वव्यापी प्रक्रिया सुरु गर्न सहयोग पुग्नेछ।’ एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad