राजनीति


‘ट्रम्पलाई कोरोनाको खतराबारे पहिल्यै थाहा थियो, तर उनले ढाँटे’

‘ट्रम्पलाई कोरोनाको खतराबारे पहिल्यै थाहा थियो, तर उनले ढाँटे’

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ६:४९,

नयाँ प्रकाशित हुन लागेको पुस्तक ‘रेज’ मा भनिएअनुसार ट्रम्पलाई कोरोना भाइरस फ्लुभन्दा खतरना भएकोबारे पूर्व जानकारी थियो।

वाटरगेट स्क्यान्डललाई बाहिर ल्याउने चर्चित पत्रकार बब वुडवार्डले यस पुस्तक लेखेका हुन्। ७७ वर्षका वुडवार्डका अनुसार डिसेम्बर सन् २०१९ देखि हालसम्म उनले ट्रम्पसँग १८ पटक अन्तर्वार्ता गरिसकेका छन्।

पुस्तकमा उल्लेख भएअनुसार अमेरिकामा कोरोनाले पहिलोव्यक्तिको मृत्यु हुनभन्दा अगाडि नै ट्रम्पले कोरोना भाइरस ज्यानमारा भाइरस भएको बताएका थिए।

गत फेब्रुअरीको अन्तर्वार्तामा ट्रम्पले वुडवार्डलाई यो विषय बताएको पुस्तकमा जनाइएको छ।

त्यसबेला ट्रम्पले भनेका थिए कि उनी कोरोनाकै कारण अमेरिकी नागरिकलाई आतंकित बनाउन चाहँदैनन्।

कोरोना भाइरस विश्वभर तिव्र गतिमा फैलँदै गर्दा ट्रम्पले सार्वजनिक रुपमै कोरोना भाइरस फ्लुजस्तै भएको बताएका थिए। उनले आफूले मास्क नलगाउने पनि बताएका थिए।

Bob Woodward on Twitter: ""Rage" will be released September 15.  <a href=

तर अहिले भने ट्रम्पले मास्क लगाउन थालेका छन्। हाल अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभातिव राष्ट हो।

अमेरिकामा हालसम्म ६५ लाख ४९ हजारमा कोरोना पुष्टि भइसकेको छ भने यहाँ १ लाख ९५ हजारको मृत्यु भइसकेको छ।

आगामी १५ सेप्टेम्बर भित्र ‘रेज’ पुस्तक बजारमा उपलब्ध भइसक्नेछ। यस पुस्तकमा कोरोना महामारी, नश्लवाद र अन्य मुद्दाहरुमा ट्रम्पले के सोच्छन् भन्नेबारे लेखिएको छ।

यस पुस्तकमा लेखिएका विषयबस्तुबारे अमेरिकी संचारमाध्यममा समाचार छापिएपछि ट्रम्पले प्रतिक्रिया जनाउँदै भनेका छन्,‘वुडवार्डको पुस्तक राजनीतिक रुपले ममाथिको आक्रमण हो।’

ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिको चुनावी प्रतिस्पर्धामा छन्। नोभेम्बरमा निर्वाचन हुँदैछ। यसबीचमा यस पुस्तकले ट्रम्पको कमजोरी औंल्याइदिएको छ।

यससँगै ट्रम्पसँग चुनावमा उत्रँदै गरेका डेमोक्रेटिक पार्टीका राष्ट्रपतीय उम्मेदवारा जो बाइडेनले पनि एक ट्वीट गर्दै भनेका छन्,‘ट्रम्पलाई थाहा थियो कोरोना भाइरस खतरनाक छ। उनलाई थाहा थियो यो घातक छ। र उनले जानीजानी खसलाई खारेज गरे। अहिले अमेरिकामा झन्डै २ लाख मानिस कोरोनाकै कारण मरेका छन्। यो उचित भएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad