राजनीति


सांस्कृतिक र आर्थिक क्षेत्रमा वैदेशिक हस्तक्षेप हुन नदिन क्लिन फिडः खनाल

सांस्कृतिक र आर्थिक क्षेत्रमा वैदेशिक हस्तक्षेप हुन नदिन क्लिन फिडः खनाल

नेपालखबर
साउन ७, २०७६ मंगलबार १४:२६,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई सांस्कृतिक तथा आर्थिक पराधिनताबाट जोगाउन पनि विज्ञापनमा क्लिन फिड नीति आवश्यक रहेको बताएका छन्।

नेता खनालले सरकारले मुलुकको सांस्कृतिक तथा आर्थिक क्षेत्रमा वैदेशिक हस्तक्षेप हुन नदिन पनि विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ को प्रावधान राखेको पनि स्पष्ट पारे। मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले मुलुकको हितलाई केन्द्रमा राखेर सरकारले ल्याएको सो विधेयकलाई राजनीतिक सहमति जुटाएर पारित गर्नुपर्ने प्रस्ताव पनि अघि सारे। नेता खनालले विज्ञापनको बजार मुलुकका तीव्र रुपमा विस्तार भईरहेकाले पनि त्यसको नियमनका लागि पनि सो विधेयक अति आवश्यक रहेको स्मरण गराए।

बैठकमा बोल्दै विज्ञहरु काशिराज दाहाल, लक्ष्मण हुँमागाई र तारानाथ दाहालले समितिमा विचाराधिन रहेको सो विधेयकलाई समृद्ध बनाउने सन्दर्भ सामग्रीको बारेमा समितिलाई जानकारी गराएका थिए। कानुनविद् दाहालले सो विधेयकलाई समृद्ध बनाउन संविधान, देवानी तथा फौजदारी संहिता, उपभोक्ता हित संरक्षण ऐन र सर्वोच्च अदालतका फैसलाहरुलाई मूल आधार बनाउन समिति समक्ष आग्रह गरेका थिए।

यता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले समितिको यस अघिको बैठकमा क्लिन फिड सम्बन्धी प्रावधान राष्ट्रिय हितलाई ध्यानमा राखेर समावेश गरिएको उल्लेख गर्दै नहटाउने अडान लिईसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad