अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमा कोरोना संक्रमण देखिएपछि अन्ततः अस्पतालमा भर्ना भएका छन्।
शुक्रबार बिहान ट्विट गर्दै परीक्षण गर्दा आफू र आफ्नी पत्नीलाई समेत कोरोना पुष्टि भएको जानकारी दिएका ट्रम्प उपचारका लागि सरकारी निवास ह्वाइट हाउसबाट त्यही दिन अपराह्न अस्पताल गएका हुन्।
बीबीसीका अनुसार वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टर प्रस्थान गर्नुअघि उनले सुट पाइन्ट र मुखमा मास्क लगाएका थिए। हेलिकप्टरमार्फत उनी अस्पताल गएका थिए। हेलिकप्टर चढ्नुअघि उनले केही भनेनन्।
याे पनि : कोरोना संक्रमणले बिरामी परेपछि अमेरिकाका राष्ट्रपति ट्रम्प अस्पताल भर्ना
अस्पताल भर्ना भइसकेपछि भने ट्रम्पले ट्विटरमा आफ्नो भनाइको भिडियाे पाेस्ट गरेका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार १८ सेकेन्डको त्याे भिडियो उनले ह्वाइट हाउसमै रेकर्ड गराएका हुन्।
जसमा उनले भनेका छन्, ‘मलाई मेरो स्वास्थ्य निकै सुधार हुँदै गएकाे महसुस भइरहेकाे छ। हामी विश्वास दिलाउन चाहन्छौं कि सबै चिज ठीक हुनेछन्। प्रथम महिला (पत्नी) काे स्वास्थ्य पनि धेरै राम्रो हुँदै गएको छ।’ (भावानुवाद)
ट्रम्प बोलेको भिडियो-

प्रतिक्रिया