३८ इलेक्टोरल मत रहेको टेक्सस राज्य राष्ट्रपति ट्रम्पले जित्ने भएका छन्।
यससँगै ट्रम्पको इलेक्टोरल मत २०९ पुग्ने सीएनएनले आकलन गरेको छ। यो राज्यमा पछिल्ला १० चुनाव रिपब्लिकन उम्मेदवारले जित्दै आएका छन्।
डेमोक्रेटिक उम्मेदवार जो बाइडेनसँग २१९ इलेक्टोरल मत छ।
पेन्सिलभेनिया, मिसिगन, जर्जिया र विस्किन्सिन राज्यको नतिजाले हारजितको टुंगो लगाउने बताइएको छ। एजेन्सी

प्रतिक्रिया