राजनीति


बिपीसँगै जागरण गीत गाउने योद्धाको निधन

बिपीसँगै जागरण गीत गाउने योद्धाको निधन

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १०:१२,

विसं २०१५ मा नेपाली कांग्रेसका नेता बिपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटेका योद्धाको आज निधन भएको छ। रत्ननगर नगरपालिका–१, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षका उमेरमा निधन भएको हो ।

कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाका अनुसार पौडेलले २०१५ सालको निर्वाचनमा बिपीसँगै गीत गाएका थिए।

उनले भने, ‘इन्क्लाब दाजुभाइ जिन्दावाद भनन, तिमी पनि दाजुभाइ कांग्रेसै बनन’ भन्ने गीत गाउँदै चर्चामा आउनुभएको थियो।’

विसं १९८५ वैशाख ३० गते बाग्लुङको बिनामारेमा जन्मिएका पौडेलले भारतको वनारसबाट शास्त्री अध्ययन गरेका थिए। उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी १० महिना कारागार जीवन बिताएका थिए।

विसं २०३६ को जनमतसङ्ग्रहमा रत्ननगरका पार्टी उपाध्यक्ष, २०४६ सालको आन्दोलनमा कांग्रेस र संयुक्त वाममोर्चाका रत्ननगर संयोजक र २०४४ देखि २०५६ सालसम्म कांग्रेस रत्ननगरका सभापति भएका कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए।

आफ्ना पिताको चुनावमा समेत खटिएका पौडेलको पार्थिव शरीरमा बिपी पुत्र एवं काग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए। पौडेलका हाल तीन छोरा र दुई छोरी छन्।

महामन्त्री कोइरालाले आजै रत्ननगरमा दिवंगत भएका कांग्रेस नेता कृष्णप्रसाद पौडेलको पार्थिव शरीरमा घरमै पुगेर पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका छन्।

विसं १९९३ फागुन १० गते बाग्लुङको अमलाचौरमा जन्मिएका पौडेलले २००७ देखि २०१७ सालसम्म पटकपटक कारागार जीवन बिताएका थिए। विसं २०४६ को जनआन्दोलनमा उनको टाउकामा गोली लागेको कांग्रेस चितवनले जनाएको छ।

उनका दुई छोरा र चार छोरी छन्। दुवैको आजै देवघाटमा अन्त्येष्टि गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad