राजनीति


कोरोना संक्रमित नै नभएको दाबीमा प्रश्न गरेपछि दक्षिणसँग रिसायो उत्तर कोरिया

कोरोना संक्रमित नै नभएको दाबीमा प्रश्न गरेपछि दक्षिणसँग रिसायो उत्तर कोरिया

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ७:५८,

अहिलेसम्म यहाँ कसैलाई पनि कोरोनाको संक्रमण नभएको उत्तरको भनाइ छ।

यसबीचमा दक्षिण कोरियाले कोरोना संक्रमित नै नभएको उत्तरको दाबीमा प्रश्न गरेपछि भने उत्तर कोरिया दक्षिणसँग रुष्ट बनेको छ।

दक्षिण कोरियाकी विदेशमन्त्री काङ क्युङ–वाले उत्तर कोरियामा कोरोना संक्रमित नै नभएको विषयमा आफूलाई सन्देह भएको र त्यो तथ्य नभएकाले आफूले विश्वास नगर्ने बताएकी थिइन्।

यसरी कोरोना संक्रमित नै नभएको आफ्नो दाबीमा दक्षिण कोरियाकी विदेशमन्त्रीले सन्देह गरेपछि उत्तर कोरियाले काङको आलोचना गरेको छ।

उत्तरका सर्वोच्च नेता किम जोङ उनकी बहिनी तथा सल्लाहकार किम यो–जोङले दक्षिणको लापारवाहीपूर्ण टिप्पणीले नकरात्मक परिणाम निम्त्याउनसक्ने चेतावनी दिएकी छिन्।

Kim Jong Un sister's first official remarks hint at higher status | North  Korea | Al Jazeeraदाई किमसँग किम यो–जोङ

किम यो–जोङका अनुसार दक्षिणकी विदेशमन्त्री उत्तर कोरिया र दक्षिणबीचको सम्बन्धमा थप दरार ल्याउन चाहन्छिन्।

‘उनको वास्तविक मनसाय प्रस्ट छ। हामी उनको शब्दलाई कहिल्यै भुल्ने छैनौं र उनले यसको मूल्य चुकाउनेछिन्’ किम यो–जोङले भनेकी छिन्।

एससीएमपीका अनुसार उत्तर कोरियाले देशमा कोरोना भाइरस छिर्न नदिने भन्दै अहिलेसम्म चीनसँगको सीमा बन्द गरिदिएको छ।

कोरोनाविरुद्धको नियम तोड्नेलाई यहाँ मृत्युदण्डको सजाय दिने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad