प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधि सभाको पुनर्स्थापनाकाे माग गर्दै सोहि सभामा सांसद रहेका नेकपाका ८७ जना नेता सर्वोच्च अदालत जाने भएका छन्।
नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीका अनुसार उनीहरुको तर्फबाट आज सोमबार नै गोबिन्द बन्दी लगायत अधिवक्ताहरुले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन्।
सुरेन्द्र पाण्डे, देव गुरुङ, कृष्णभक्त पाेखरेललगायतका नेताहरुले सो प्रक्रियाको अगुवाई गरेका छन्।

प्रतिक्रिया