डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाका विदेशमन्त्री रहेका माइक पम्पिओसहित २८ अमेरिकीलाई चीनले आफ्नो भूमि प्रवेशमा प्रतिबन्ध लगाएको छ।
ट्रम्प राष्ट्रपति पदबाट बिदा हुँदै गर्दा कार्यकालको अन्तिम दिन पम्पिओले उइगर मुसलमानका विषयमा चीनविरुद्ध गम्भीर आरोप लगाएका थिए।
याे पनि : जाँदाजाँदै ट्रम्प प्रशासन आक्रामक बन्यो, भन्योः चीनले उइगर मुस्लिमको नरसंहार गर्यो
चीनको विदेश मन्त्रालयले अमेरिकाका चिनियाँविरोधी राजनीतिज्ञले राजनीतिक स्वार्थ र पूर्वाग्रहका कारण चीनविरूद्ध घृणा फैलाइरहेको उल्लेख गर्दै त्यस्ता २८ जनालाई आफ्नो देशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो।
चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ : चीन सरकार चीनको सम्प्रभुता, सुरक्षा र विकासका लागि प्रतिबद्ध छ। चीनले त्यस्ता २८ जनाविरुद्ध प्रतिबन्ध लगाउने निर्णय गरेको छ, जसले चीनको सम्प्रभुताको गम्भीर उल्लंघन गरेका छन् र यसमा मुख्य रूपमा अमेरिका जिम्मेवार छ।’
चीनकाे विदेश मन्त्रालयले जारी गरेकाे विज्ञप्ति :
Foreign Ministry Spokesperson Announces Sanctions on Pompeo and Others:
🔗https://t.co/svijYeku2P pic.twitter.com/CAbFXR3CCP
चीन सरकारले आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाइएका केही अमेरिकीको नामसमेत सार्वजनिक गरेको छ।
ती हुन्- माइकल आर पम्पिओ, पिटर के नेवेरो, रबर्ट सी ओब्रायन, डेविड आर स्टिलवेल, म्याथ्यु पटिङ्गर, एलेक्स एम अजर, किथ जे क्रेच, केली डिके क्राफ्ट ट्रम्प प्रशासनमा रहेका जन बल्टन र स्टिफन बेनन।
चीनले वक्तव्यमा भनेको छ : यी व्यक्ति तथा यिनका परिवारका सदस्यलाई चीनको मुख्य भूमि, हङकङ र मकाउ अफ चाइनमा आउन प्रतिबन्ध लगाइएकाे छ। साथै उनीहरूसँग सम्बन्धित कम्पनी/संस्थानलाई चीनमा व्यापार गर्न पनि निषधे गरिएको छ।

प्रतिक्रिया