नेपाली कांग्रेसका नेता गगन थापाले संवैधानिक परिषदमा गरिएको नियुक्ति प्रतिगमनकै श्रृंखला भएको बताएका छन्।
बुधबार सामाजिक सञ्जालमा थापाले संविधानको मर्म विपरित राज्यका संस्थालाई ध्वस्त बनाउँदै संविधानलाई नै कुल्चने यस कार्यमा संलग्न हुने र साक्षी बस्नेहरुले जनताको कठघरामा उत्तर दिनुपर्ने बताएका छन्।
संवैधानिक परिषदले गरेको असंवैधानिक नियुक्तिलाई सदर गर्ने आजको प्रयत्न प्रतिगमनकै श्रृङखला हो।संविधानको मर्म विपरित राज्यका संस्थालाई ध्वस्त बनाउँदै संविधानलाई नै कुल्चने यस कार्यमा संलग्न हुने र साक्षी बस्नेहरूले जनताको कठघरामा उत्तर दिनुपर्नेछ।
— Gagan Thapa (@thapagk) February 3, 2021प्रतिनिधि सभा विघटन भएपछि सरकारले संसदीय सुनुवाई विना नै संवैधानिक आयोगमा पदाधिकारीहरु नियुक्त गरेकोमा राजनीतिक दलहरुले विरोध गरिरहेका छन्।

प्रतिक्रिया