राजनीति


वाग्लेको शवमा झण्डा ओडाउँदै नारायणकाजीले भने- दुर्घटना रहस्यमय देखिन्छ, पार्टीले छुट्टै छानविन गर्नेछ

वाग्लेको शवमा झण्डा ओडाउँदै नारायणकाजीले भने- दुर्घटना रहस्यमय देखिन्छ, पार्टीले छुट्टै छानविन गर्नेछ

नेपालखबर
माघ २४, २०७७ शनिबार १२:५३,

शंकास्पद मानिएको सडक दुर्घटनामा चार दिनअघि ज्यान गुमाएका आन्दोलनरत नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको आज अन्त्यष्ठि गरिएको छ।

सर्लाहीको कर्मैयास्थित बागमती नदीमा शनिबार दिउँसो हजारौँको उपस्थितिमा वाग्लेको अन्त्यष्ठि गरिएको हो। अन्त्यष्ठि अघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले वाग्लेको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि वाग्लेका छोराद्वय प्रज्वल र प्रलयले आफ्ना पितालाई दागबत्ती दिएका थिए।

अन्त्यष्ठि कार्यक्रममा वाग्लेकी पत्नी सरस्वती मिश्र, निवर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपाका केन्द्रीय सदस्यहरु विश्वनाथ साह, पेशल खतिवडा, नागेन्द्र चौधरी, प्रल्लाद बुढाथोकी, अच्युतम काफ्ले, रामेश्वर राय यादव, निर्मल बराल, प्रकाश पोखरेल, राजु खड्का, लक्ष्मण पौडेल, प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतो, जिल्ला अध्यक्ष रेवती पन्त, सचिव कमल बुढाथोकी, राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, प्रदेश सभा सदस्यद्वय डिल्लीप्रसाद उप्रेती र बेची लुंगेली लगायतको उपस्थिति थियो।

अन्त्यष्ठि अघि श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै प्रवक्ता श्रेष्ठले मोटरसाइकल दुर्घटनामा वाग्लेको मृत्यु भएको भनिए पनि त्यो रहस्यमय रहेको बताए। ‘रहस्यमय दुर्घटनामा डाचाराज जीको असामयिक निधन भएको छ,’ श्रेष्ठले भने, ‘उहाँको निधनले हाम्रो पार्टी र समग्र कम्युनिष्ठ आन्दोलनमा ठूलो क्षति पुगेको छ। यो घटनाको उच्चस्तरीय गहिरो छानविन हुनेछ। पार्टीले पनि छुट्टै ढंगले आवश्यक छानविन गरेर सत्यतथ्य उजागर गर्नेछ।’

उनले वाग्ले समाज रुपान्तरणको यात्रामा असाधारण रुपमा सक्रिय कम्युनिष्ट योद्धा रहेको बताए। ‘उहाँ कम्युनिष्ट आन्दोलनमा अविचलित रुपमा क्रियाशील क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो,’ श्रेष्ठले भने, उहाँको क्रान्तिप्रतिको निष्ठा, सरल जीवन, मिजासिलो स्वभाव र लगनशिलता अनुकरणीय पक्ष हुन्।’

परंपरागत ढंगले काजकिरिया नहुने
नेता वाग्लेको परंपरागत ढंगले काजकिरिया नहुने भएको छ। वाग्लेकी पत्नी सरस्वती मिश्रले परंपरागत मृत्यु संस्कारमा आफूहरुलाई विश्वास नभएकाले परंपरागत ढंगले पतिको काजकिरिया नगरिने बताइन्। ‘उहाँ (वाग्ले) लाई पनि परंपरागत मृत्यु संस्कारमा विश्वास थिएन। त्यसैले श्रद्धाञ्जली कार्यक्रम बाहेक अन्य धार्मिक संस्कारमा आधारित काजकिरिया हुँदैन,’ उनले भनिन्।

प्रवक्ता श्रेष्ठले केही दिनपछि वाग्लेको सम्मानमा पार्टीले सर्लाहीमा छुट्टै श्रद्धाञ्जली कार्यक्रम गर्ने जानकारी दिए। त्यो कार्यक्रममा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसमेत सहभागी हुने श्रेष्ठले बताए।

५२ वर्षीय वाग्लेको बुधबार राति सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तिया जंगलमा शंकास्पद अवस्थामा शव फेला परेको थियो।

यो पनि  नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्ले जंगलमा मृत, घटना शंकास्पद

यो पनि   मसाल जुलुस गरेर फर्किरहेका केन्द्रीय सदस्य वाग्ले बाटोमा मृत भेटिनु रहस्यमय : नेकपा सर्लाही (विज्ञप्ति)

आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको दाबी प्रहरीले गरेको छ। तर, नेकपा सर्लाही जिल्ला कमिटी र वाग्लेका परिवारका सदस्यले भने उनको ज्यान जाने गरी भएको मोटरसाइकल दुर्घटनालाई शंकास्पद भनेका छन्।

किशोर उमेरदेखि नै कम्युनिष्ट राजनीति सुरु गरेका वाग्ले जीवनभर अनवरत रुपमा कम्युनिष्ठ पाटीमै सक्रिय रहे। उनले ०५२ देखि ०५६ सालसम्म अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए।

वाग्लेको अन्त्यष्ठि कार्यक्रमका केही तस्बिर :

146456212 2875522472715381 2057830475226135352 o

dacharaj wagle 13 1024x461

146672961 1485739678282623 6846650837730210991 n

146703643 3780088695405385 7109707995742196519 n

146796953 2875523549381940 7395719691764113070 o

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .