राजनीति


कांग्रेस र कम्युनिष्टसँग जनता वाक्क दिक्क भैसके : कमल थापा

कांग्रेस र कम्युनिष्टसँग जनता वाक्क दिक्क भैसके : कमल थापा

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार १०:१४,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताएका छन्।

संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरतातर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हाबी भएको बताए।

आज पार्टीको हेटौंडा–५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले ‘सर्बर्वधर्म समभाव’ सहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको विचार व्यक्त गर्दै धार्मिक द्वन्द्व चर्केर जाने खतराप्रति चिन्ता प्रकट गरे।

थापाले निर्वाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारीताको राजनीति कमजोर हुँदै गएको भन्दै थापाले विकास र समृद्धिको सपनालाई २०६२÷६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा चकनाचुर पारेको उनको टिप्पणी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .