राजनीति


कस्मिर प्रकरणमा तालिबानले के भन्यो?

कस्मिर प्रकरणमा तालिबानले के भन्यो?

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ८:५०,

जम्मू–कस्मिरलाई विशेष राज्यको दर्ता खारेज गर्दै भारतीय संविधानको अनुच्छेद ३७० को प्रावधान हटाउने निर्णयप्रति तालिबानले पनि प्रतिक्रिया जनाएको छ।

अफगान तालिबानका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै यो निर्णयप्रति ‘गहिरो दुःख’ व्यक्त गरेका छन्।

हिंसाबाट बच्न कदम चाल्न उनले भारत–पाकिस्तानलाई अपिल गरेका छन्।

‘भारतले कस्मिर स्वायत्त राज्यको दर्जा हटाएको छ। त्यहाँ अतिरिक्त सुरक्षा फौज पठाइएको छ। संकटकालजस्तो अवस्था छ। त्यहाँका मुस्लिमहरु अप्ठ्यारोमा छन्’, तालिबान प्रवक्ता जबीउल्लाह मुजाहिदले भनेका छन्, ‘तालिबान यो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ। भारत र पाकिस्तानलाई कस्मिरमा हिंसा नबढोस् तथा कस्मिरी जनताको अधिकार हनन् नहोस् भन्नका लागि कदम चाल्न आग्रह गर्दछ।’

तालिबानी प्रवक्ताले कस्मिरलाई अफगानिस्तानसँग जोडेर नहेर्न समेत आग्रह गरेका छन्। कस्मिरलाई अफगानिस्तानसँग जोडेर हेर्दा यो विषयको समाधान नहुने उसको धारणा छ। ‘आफगानिस्तानलाई भारत र पाकिस्तान दुवै देशको प्रतिस्पर्धाको मञ्च नबनाइयोस्’, विज्ञप्तिमा भनिएको छ।

तालिबानको वक्तव्यको संकेत पाकिस्तानी नेता शाहबाज सरिफको भनाइप्रति रहेको बीबीसीले जनाएको छ। संसदमा बोल्दै सरिफले कस्मिर र अफगानिस्तानबीच तुलना गरेका थिए।

‘हामी क्षेत्रीय मुद्दाहरुको समाधान शान्ति तथा तार्किक रुपमा खोज्न आग्रह गर्दछौं’, युद्ध र संघर्षबारे आफूसँग कटु अनुभव रहेको भन्दै तालिबानले भनेको छ, ‘हामी इस्लामिक सहयोग संगठन (ओआइसी), इस्लामिक देशहरु, राष्ट्रसंघ तथा प्रभावशाली संगठनले कस्मिरको यो खतरापूर्ण अवस्थामा रचनात्मक भूमिका निर्वाह गरुन् भन्ने अपिल गर्दर्छौं।’

यी संगठनहरुलाई सम्बोधन गर्दै तालिबानले भनेको छ, ‘आफ्नो प्रभावको उपयोग गर्दै तपाइँहरुले दुवै पक्षका लागि संकटलाई नियन्त्रण गर्न तथा मुद्दाको शान्तिपूर्ण समाधान गर्नुहोस्।’ उसले कस्मिरलाई अफगानिस्तानसँग तुलना नगर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad