भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने भुटान भ्रमणका क्रममा दुई देशबीच सुरक्षासम्बन्धी विषयमा समीक्षा हुने भएको छ। दोक्लाम विवादपछि पहिलो पटक भारतीय प्रधानमन्त्री भुटान भ्रमणमा जान लागेका हुन्।
‘भुटानसँग हाम्रो प्रतिरक्षा र सुरक्षासम्बन्धी विषयमा समीक्षा हुनेछ। यो हाम्रो सम्बन्धको अंग हो’, भारतीय विदेश सचिव विजय गोखलेले भनेका छन्, ‘यो बाहेक भुटान र भारतको सीमाबारे पनि कुरा हुनेछ।’
भारतीय प्रधानमन्त्री मोदीको अगस्ट १६ र १७ मा हुने भुटान भ्रमणबारे जानकारी दिन विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
दुई देशबीचको प्रतिरक्षा सम्झौताअनुसार भुटानको रक्षा मामिला भारतले हेर्दै आएको छ।
भारत र भुटानबीचको सम्बन्ध विश्वसनीय रहेको भन्दै उनले एकले अर्कालाई चकित पार्नेगरी कुनै काम नगर्ने जनाए। भुटानले चिनियाँ प्रतिनिधि राख्न दिएर भारतलाई आश्चर्यमा पार्न सक्छ कि ? भन्ने सञ्चारकर्मीको जवाफ दिँदै सचिव गोखलेले भने, ‘भारत र भुटानबीच निकै भरपर्दो र विश्वसनीय सम्बन्ध रहेको छ। त्यसैले एकले अर्कालाई आश्चर्यमा पार्नेगरी कुनै काम गर्दैनन् भन्ने मेरो विश्वास छ।’
छिमेकी मुलुक भए पनि भुटानमा चीनको दूतावास वा कुटनीतिक नियोग छैन। राष्ट्रसंघ सुरक्षा परिषदमा सदस्य रहेका मुलुकसँग कुटनीतिक सम्बन्ध नराख्ने नीति बनाएर उसले छिमेकी चीन तथा अमेरिकालाई टाढै पार्दै आएको छ। पछिल्लो समय अमेरिका र चीनसँग कुटनीतिक सम्बन्ध राख्नुपर्ने भन्ने विषयमा थिम्पुमा गुपचुप बहस हुन थालेका छन्।
सीमावर्ती क्षेत्रमा चीनले पूर्वाधार निर्माणको काम थालेपछि गत वर्ष भुटान र चीनबीच विवाद भएको थियो। सो विवादमा भारतले भुटानलाई सहयोग गर्न सेना पठाएको थियो। सो विषयलाई लिएर भारत र चीनबीच दोक्लाममा करिब दुई महिनासम्म विवाद भएको थियो। त्यतिबेला भारतले भुटानसँग भएको प्रतिरक्षा सम्झौताअनुसार सो स्थानमा पुगेको दाबी गरेको थियो।
भुटान र चीनबीच दोक्लामसहित सीमा क्षेत्रमा रहेको विवाद समाधानका लागि २४ चरणमा वार्ता भए पनि सहमति जुट्न सकेको छैन। भारतीय सञ्चार माध्यमहरुले चीनले जमिन आदान–प्रदानको माध्यमहरुबाट विवाद समाधान गर्न भुटानमाथि दबाब दिँदै आएको बताएका छन्। भारतीय विदेश सचिव गोखलेले भुटान र चीनबीच वार्तामा भारत सहभागी नभएको भन्दै त्यस विषयमा टिप्पणी गर्न अस्वीकार गरे।
भारत र भुटानबीचको सम्बन्ध विश्वसनीय रहेको भन्दै उनले एकले अर्कालाई चकित पार्नेगरी कुनै काम नगर्ने जनाए। भुटानले चिनियाँ प्रतिनिधि राख्न दिएर भारतलाई आश्चर्यमा पार्न सक्छ कि ? भन्ने सञ्चारकर्मीको जवाफ दिँदै सचिव गोखलेले सो कुरा बताएका हुन्।
छिमेकी मुलुक भए पनि भुटानमा चीनको दूतावास वा कुटनीतिक नियोग छैन। राष्ट्रसंघ सुरक्षा परिषदमा सदस्य रहेका मुलुकसँग कुटनीतिक सम्बन्ध नराख्ने नीति बनाएर उसले छिमेकी चीन तथा अमेरिकालाई टाढै पार्दै आएको छ। पछिल्लो समय अमेरिका र चीनसँग कुटनीतिक सम्बन्ध राख्नुपर्ने भन्ने विषयमा थिम्पुमा गुपचुप बहस हुन थालेका छन्।
पत्रकार सम्मेलनमा गोखलेले मोदीले दुई दिन भुटान भ्रमणको क्रममा हुने वार्ता तथा अन्य कार्यक्रमबारे पत्रकारहरुलाई विस्तृत रुपमा जानकारी गराएका थिए। त्यसमा भारतको ऋण तथा सहयोगमा निर्माण गरिको मादेन्छु जलविद्युत आयोजनादेखि भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले तयार पारेको ग्राउण्ड स्टेसन उद्घाटनसम्मका कार्यक्रम छन्।

प्रतिक्रिया