राजनीति


सरकार–विप्लव सहमतिनजिकै, संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी

सरकार–विप्लव सहमतिनजिकै, संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी

सागर न्यौपाने
फागुन २०, २०७७ बिहिबार ३:१८,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच जारी वार्ता सहमतिको अन्तिम चरणमा पुगेको छ।

विप्लव नेकपाका एक नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार सहमतिका बुँदालाई अन्तिम रूप दिई दस्तावेजीकरण गर्न अहिले दुई पक्ष छलफल गरिरहेका छन्।

स्रोतका अनुसार हिजो बुधबार एकैदिन दुई चरणको औपचारिक वार्ता गरेका दुई पक्षबीच अनौपचारिक रूपमा तेस्रो चरणको वार्ता पनि भइसकेको छ।

     याे पनि :  सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न

अहिले बिहान सहमतिलाई लिखित रूप दिएर आजै संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।

स्रोतका अनुसार ‘प्रतिबन्ध फुकुवा, मुद्दा लागेका २ हजार नेता/कार्यकर्ताको मुद्दा फिर्ता लिने, थुनामा रहेका डेढ सय जनामध्ये ज्यान मुद्दाबाहेककालाई रिहा गर्ने सहमति’ भइसकेको छ।

   याे पनि :  विप्लव प्रतिबन्धका दुई वर्ष : दुई हजार बढी पक्राउ, डेढ सय अझै थुनामा

‘अब हतियार व्यवस्थापन कसरी गर्ने भन्ने कुरा मात्र टुंग्याउन बाँकी छ,’ स्रोतले भन्यो।

सरकारले प्रतिबन्धित विप्लव नेकपासँग वार्ता गर्न गत मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको हो। लगत्तै त्यही दिन विप्लव नेकपाले पनि पूर्वमन्त्रीसमेत रहेका आफन प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा २ सदस्यीय नै वार्ता टोली बनाएको हो। 

विप्लव वार्ता टोलीमा उदय चलाउने ‘दीपक’ तथा सरकारी वार्ता टाेलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य छन्। 

याे पनि :  सरकार–विप्लव सहमति हुनै लाग्दा बाबुराम भट्टराईले दिए यस्तो सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad