विदेशमन्त्री एन्टोनी ब्लिंकन र रक्षामन्त्री लोएड अस्टिन यसै महिना जापान र दक्षिण कोरियाको भ्रमणमा जाने सीएनएनले जनाएको छ।
अमेरिकी रक्षा विभागले यी दुई मन्त्रीको भ्रमणको बारेमा पुष्टि गरेका छन्। माचे १४ देखि १८ सम्म भ्रमण हुने बताइएको छ।
कोरिया र जापानको भ्रमणमा जान लागेका यी नेताहरुले भ्रमणका क्रममा उत्तर कोरियालाई परमाणु कार्यक्रम त्याग्न दबाब दिने विषयमा छलफल गर्ने अनुमान गरिएको छ।
साथै चीनको विषय पनि भ्रमणको एजेन्डा हुने बताइएको छ। दक्षिण चीन सागरमा चीनको दाबीलाई जापानले अमेरिकाको समर्थन गर्दै विरोध जनाउँदै आएको छ।
हालै मात्र ब्लिंकनले चीनले मात्र अमेरिकालाई आर्थिक, कूटनीतिक, सैन्य तथा प्रविधिको क्षेत्रमा चुनौती दिनसक्ने बताएका थिए।

प्रतिक्रिया