प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियानको शुभारम्भ गरेका छन्।
आइतबार बिहान प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन्।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीले पनि शिक्षण अस्पतालमा कोरोना खोप लगाएका छन्।
त्यस्तै गृहमन्त्री रामबहादुर थापाले पनि आइतबार बिहान बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोना खोप लगाएका छन्।
योसँगै सरकारले कोरोना भाइरसविरुद्ध दोस्रो चरणको खोप अभियान सुरु भएको बताएको छ। यस अभियानअन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै काठमाडौँ जिल्लामा ११ स्थानीय तहका ३९ स्थानमा कोरोना खोप लगाइने भएको छ। जसमा सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाका १४ स्थानमा कोरोना खोप लगाइने भएको छ।
हेरौँ कहाँ–कहाँ लगाइन्छ कोरोना खोप
Shares

प्रतिक्रिया