सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को दर्ता खारेज गर्ने सर्वाेच्च अदालतको फैसलाप्रति प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता हर्षित भइरहेका बेला एमाले खेमाकै नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल भने खासै खुसी देखिएका छैनन्।
निर्वाचन आयोगमा पहिल्यै दर्ता ऋषि कट्टेलको नेकपालाई कानुनी मान्यता दिँदै सत्तारूढ नेकपालाई चाहिँ बदर गर्ने फैसला अदालतले आइतबार सुनाएको हो। साथै तत्कालीन एमाले र माओवादी केन्द्र नै अस्तित्वमा रहेको भनिएपछि अहिले ओली समूहका एकपछि अर्का नेताले खुसी व्यक्त गरिरहेका छन्।
तर पूर्वएमाले हाल नेकपाका नेता एवं मुख्यमन्त्री पोखरेलले भने मध्यमार्गी विचार राखेका हुन्।
‘नेतृत्वको स्वार्थी टकरावले एकताको मर्म मरेकै थियो। सर्वोच्चको फैसलाले आत्मसमीक्षाको ठाउँ दिएको छ,’ सोमबार बिहान सामाजिक सञ्जालमार्फत पोखरेलले भनेका छन्, ‘जिम्मेवार बनौं।’

याे पनि : सर्वोच्च अदालतले एमाले ब्युँताइदिएछि गोकुल बास्कोटा हर्षित, प्रचण्ड–नेपाललाई बिहानै व्यंग्य

प्रतिक्रिया