राजनीति


एमाले संसदीय दलको बैठक सुरु, लालबाबुदेखि तुलसा थापासम्म सहभागी

एमाले संसदीय दलको बैठक सुरु, लालबाबुदेखि तुलसा थापासम्म सहभागी

नेपालखबर
चैत ५, २०७७ बिहिबार ७:३९,

नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ। प्रधनमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि बैठक सुरु भएको हो।

पार्टीभित्र देखिएको समस्या समाधानको विषयमा छलफल गर्न बैठक बसेको सांसद विशाल भट्टराईले जानकारी दिए।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला राखेपछि एमालेमा संकट देखिएको बेला प्रधानमन्त्री केपी ओलीले संसदीय दलको बैठक राखेका हुन्।

 olisamsad111

नेपाल–खनाल पक्षका सांसदहरुले भने  बैठक बहिष्कार गरेका छन्। बैठकमा सहभागी हुन हिँडेका नेपाल–खनालका सांसद बीचबाटोबाटै फर्किएर राष्ट्रिय कार्यकर्ता भेला भइरहेको सानेपाको हेरिटेज गार्डेनमा पुगेका छन्।

बैठकमा यसअघि कतै नखुलेका लालबाबु पण्डित, पार्टी एकता राष्ट्रिय अभियानमा लागेकी सांसद तुलसा थापा पनि सहभागी रहेको बतालुवाटार स्रोतले बतायो।

olisamsad12

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad