राजनीति


कांग्रेस नेता लेखक भन्छन् : सरकारको नेतृत्व लिन परिस्थिति अझै बनेको छैन

कांग्रेस नेता लेखक भन्छन् : सरकारको नेतृत्व लिन परिस्थिति अझै बनेको छैन

नेपालखबर
चैत ९, २०७७ सोमबार १३:३५,

नेपाली कांग्रेसका नेता रमेश लेखकले नयाँ सरकार बन्ने परिस्थिती अझै नबनेको बताएका छन्।

सरकारको नेतृत्व लिन कांग्रेस तयार भएपनि सरकार बन्ने परिस्थिति अझै नबनेको उनले बताए।

सानेपा पार्टी कार्यालयमा सोमबार बसिरहेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि पत्रकारलाई जानकारी दिँदै नेता लेखकले सरकार बन्ने परिपक्क अवस्था नबनेको बताएका हुन्।

‘नेपाली कांग्रेसले वैकल्पिक सरकार दिने आवश्यकता पर्‍यो भने दिन्छौं भनेकै छौं। अहिले परिस्थिति सुनिश्चित र अवस्था परिपक्व भइसकेको छैन’ लेखकले भने ‘सरकार बनाउन परिस्थिति सुनिश्चित हुनुपर्छ, अवस्था परिपक्व हुनुपर्छ।’

बैठकमा क्रियाशील सदस्यबारे छलफल भएको उनले बताए। कांग्रेसको क्रियाशील सदस्यताको भोलि चैत १० गते सम्ममा टुंगो लगाउनुपर्नेछ। कांग्रेस पदाधिकारी बैठक अहिले पनि जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad